- Home
- »
- Publications
- »
- Cheque Bounce Article
Cheque Bounce Article
चेकको आंशिक भुक्तानीको ब्यवस्था
सिए. भानु कंडेल
‘मैले मर्नु भन्दा ठिक्क अगाडि काटेको चेक चाहि वाउन्स होस्’ भनि प्रसिद्ध अमेरिकी लेखक तथा अर्बपति चक फिनेले ठट्यौलीमा भने चेक वाउन्स हुनु कति गम्भिर विषय हो भन्ने कुरा उनको भनाइ बाट पनि अनुमान लगाउन सकिन्छ । आजको अवस्थामा कठोर कानुनी ब्यवस्थाका कारण आफुले जारी गरेको चेक वाउन्स होस् भनि सायद कसैले पनि चाँहदैन ।
तपाईलाई कसैले दिएको चेक साट्न घण्टौ लाममा वसेपछि रकम अपुग भएको भनि चेक वाउन्स भएर बैंकको काउण्टर वाट रित्तै हात फर्किन पर्दा कस्तो खल्लो लाग्छ, मलाइ पनि कम्ति नरमाइलो लाग्दैन । बरु त्यसको साटो खातामा जे जति रकम छ, त्यो रकम लिएर जान पाए त्यो अमिलोपन अलि कम पक्कै हुन्छ । तर नेपालमा भने चेकको आशिंक भुक्तानीको ब्यवस्था नभएका कारण यस लेख मा भनिए जसरी गर्न तत्काल सम्भब देखिदैन । तर यस प्रसगंमा विश्व परिदृष्य भने अलि फरक भैसकेको छ ।
नेपाल राष्ट्र् बैंकको एकिकृत निर्देशिका २०७८ को कर्जा सुचना तथा कालो सुचि सम्वन्धि निर्देशिकाको बुँदा १० (२) मा खातामा मौज्दात अर्पयाप्त भएका कारण चेक फिर्ता भएमा त्यस्तो ब्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले आवश्यक प्रक्रिया पुरा गरि कालो सुचिमा समावेश गर्नुपर्ने भनि तोकेको देखिन्छ । यसरी नेपालको केन्द्रिय बैकले पनि चेकको आशिंक भुक्तानीको परिकल्पना गरेको छैन । विनिमेय अधिकार पत्र ऐन २०३४ को दफा ९ ले पनि खातामा अपर्याप्त रकम भएका कारण चेक फिर्ता हुने अवस्था र सोहि ऐनको दफा १०७ (क) मा चेक वाउन्स हुँदा हुने रु. ३,००० जरिवाना र ३ महिनाको कैद वा दुवै सजाय हुने कानुनी उपचारको उल्लेख छ । बैंकिड. कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) मा खातामा अपर्याप्त रकम भएर पनि चेक जारी भै फिर्ता भएमा दण्डनिय अपराध भनि परिभाषित गरेको छ ।
मित्र राष्ट््र युएइको केन्द्रिय बैकले चेकको आशिंक भुक्तानीलाई सन् २०२१ को जनवरी देखी कानुनी मान्यता दिई अभ्यासमा ल्याए सँगै चेक वरावरको रकम खातामा नभए पनि कम रकम स्विकार गरि चेकको आशिंक भुक्तानीको शुरुवात गरेको छ जसका निम्ती निम्नानुसारको अभ्यास भएको पाइन्छ ः
प्रक्रियाः
अन्तराष्ट््रीयरुपमा चेकको आशिंक भुक्तानी सम्बन्धमा विभिन्न मापदण्डहरु अभ्यास भइ आएको पाइन्छ । जसमध्ये आशिंक भुक्तानको न्युनतम रकम चेकको रकमको कम्तीमा ५ प्रतिशत हुनु पर्ने, ब्यक्ति वा संस्था दुबैले जारी गरेको चेकको हकमा यो अभ्यास लागु हुने तथा आशिंक भुक्तानी प्राप्त गर्ने ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने, रकम भने नगदै वा खातामा संकलन हुन सक्ने जस्ता छन् । त्यस्तै चेकको आशिंक भुक्तानी भएको प्रमाणित निस्सा सहितको सक्कल चेक बैंकले धारकलाइ फिर्ता दिने, हरेक पटक चेकको आशिंक भुक्तानी लिदा सक्कल चेक पेश गर्नु पर्र्र्र्ने, क्लियरिड.वाट आशिंक भुक्तानी नहुने एवं धारक (वियरर) चेकको मात्र आशिंक भुक्तानी हुने जस्ता अभ्यासरु प्रचलनमा रहेको पाइन्छ । नेपालमा पनि अन्तराष्ट््रीय अभ्यासहरुलाई मनन गर्दै आपm्नो देश अनुकुल नियम वनाउन सकिन्छ ।
फाइदाः
नेपाल प्रहरीद्धारा प्रकाशित तथ्याड.्क अनुसार गत ३ आर्थिक बर्षमा मात्रै ८८४९ बैकिड. कसुर सम्वन्धि मुद्दा दर्ता भएका छन् जसमध्ये अधिकांश मुद्दाहरु चेक वाउन्स सम्वन्धि छन् । चेकको आशिंक भुक्तानी सम्बन्धी ब्यवस्थाको शुरुवात भएमा यसवाट चेक अनादर भएर पैदा हुन सक्ने अपराधिक गतिविधि, रिसइवि, झैझगडामा कमी भइ सामाजिक सौहार्दता कायम हुन मद्धत पुग्ने ब्यवसाय तथा लेनदेनको कारोवारमा थप लचकता आउने तथा चेक अनादर सम्वन्धि मुद्धाहरुमा कमी आइ सम्मानित अदालतको समय बचत हुनेछ । त्यस्तै गरि बैक तथा बित्तिय संस्था प्रतिको सर्वसाधारणको आस्थामा बृद्धि हुन गइ समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एवं वित्तिय अपराधका घटनाहरुमा कमि आइ समग्र राष्ट्र्को वित्तिय रेटिड. बढ्न गइ प्रत्यक्ष बैदेशिक लगानीमा समेत बृद्धि हुन सहयोग पुग्ने देखिन्छ ।
हेर्दा सामान्य लाग्ने तर सर्वसाधारणको दैनिक ब्यवहारमा सहजिकरण हुने यस्ता नविन अभ्यासहरुले समाज तथा अर्थतन्त्रमा दुरगामी एवं सकारात्मक प्रभाव पर्न जाने देखिन्छ । वित्तिय अपराधका श्रृड.खलामा महत्वपुणर््ा हिस्सा ओगट्ने चेक अनादरका घटनाहरु दिनानुदिन बढिरहेको सन्दर्भमा नेपालमा पनि चेकको आशिंक भुक्तानीको अभ्यास को शुरुवात गर्न नेपाल राष्ट्र् बैंक लगायत सम्वन्धित निकायहरुले सोच्ने वेला भएको हो की ।
(लेखक वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट हुन्)
